हिपमत डटकम

बुधबार, जेठ १९, २०७८ || 799  पटक पढिएको

मकवानपुरको रातोमाटेमा दुई वटा ट्रक ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा दुईवटा ट्रक ठोक्किएर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् ।

प्लास्टिकको सामान बनाउन मेसिन लोड गरेर वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको ट्रकले चामल लोड गरि सोही दिसाबाट आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

मृत्यु हुनेमा अन्दाजी ३० र ३५ वर्षका ठक्कर दिने ट्रकको चालक र सहचालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको पहिचान भने खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको क्रममा हेटौंडा–१ मा रहेको सन्चो अस्पतालमा मृत्यु भएको डिएसपी रिमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ना ५ ख १८६४ नम्बरको ट्रक चालक बारा कोल्हवी–१० का ५० बर्षीय ध्रुव चौधरी र सोही ट्रकका सहचालक रौतहट गजुरा –८ का २० बर्षीय बिकेस चौधरी घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!