हिपमत डटकम

बुधबार, जेठ १९, २०७८ || 558  पटक पढिएको

सुनसरी ।  हरिनगर गाँउपालिका-५ बसन्तपुरबाट ३ हजार ४ सय ८० क्यापसुल अवैध औषधि ट्रामाडोल सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेक छ ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका बस्ने परिक्षण कुँवर, सोही ठाउँ बस्ने विजय अधिकारी र हरिनगर गाँउपालिका-६ बस्ने नसिम अन्सारी रहेका छन् । सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाको लागि कामदार लिएर जाँदै गरेको प्र.१-०२-००२ च ४७२७ नम्बरको गाडीलाई बसन्तपुर बेस क्याम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि सहित फेला पारी गाडी चालक बिजय समेत उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्थापनको कार्यालय बिराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!