हिपमत डटकम

बुधबार, जेठ १९, २०७८ || 852  पटक पढिएको

  बारा ।   बिश्वनै कोभिड महामारीले गर्दा आक्रान्त बनेको बेलामा हाम्रो नेपाल पनि अछुतो नरही शहर देखि गाउँ सम्म त्राहिमाम भएकाछन।हाम्रो देश नेपाल बिश्वमा एउटा गरिब मुलुकको रुपा चिन्न्छ यसै क्रममा कोभिडको कारणले गर्दा हरेक क्षेत्रमा निकैनै असहनिय मार खेपनु परेको अवस्था रहेकोछ तर हाम्रो नेपालमा राजनीति खिचातानीले गर्दा व्यक्तिवादी स्वार्थमा निहित रहि आफनो गोजिको सुरक्षा सम्बर्द्धन तथा प्रबर्द्धनका लागि मात्र फोहरी राजनीति खेलमा अस्त ब्यस्त रहेकाछन।

जस कारण सर्ब साधारण जनता देखि हरेक पेशागत रहेकाहरुले पनि कोभिड भन्दा बढी राजनीति गतिविधिको सिकार बन्ने गरेकाछन। त्यसै अनुरुप नेपाल पत्रकार महासंघ पनि अछुतो नरही राजनीति सिकार बनेकाछन।उदाहरण स्वरुपमा हरेक पार्टिले पत्रकारिता क्षेत्रमा पनि आआफ्नो छाता संगठन अर्थात सुभेक्षुक संस्था तयार गरि आआफ्नो संरक्षणमा लगाएर जनतालाइ पाउनु पर्ने सूचनाको हकमा बाधा पुर्याउने गरेकाछन जसको फलस्वरूप पत्रकारिता पेशाको अस्मित्ता धुमिलो हुँदै गइरहेको सर्ब बिधित छ,ठिक असै अनुरुप नेपाल सरकारले पत्रकारलाई खासै कुनै त्यसता सेवा सुबिधा प्रदान नगरेकोले पत्रकारिता गर्ने संचारगृह तथा संचारकर्मी पनि राजनीति तथा कोभिडको सिकार बनेकाछन।

केन्द्र देखि जिल्ला सम्मको पत्रकार महासंघको चुनाव भएको झन्डै दुई माहिना भए तापनि राजनीतिकै सिकार भएकै हुनाले नातावाद र कृपावादमा समाहित हुँदै कलमजिवी पत्रकारलाई उपेक्षित गरि नेपाल पत्रकार महासंघबाट प्रदान गर्ने सेवा सुबिधाबाट सोसित गरिएकोछ। यी सबै कुरालाइ औल्याउँदै आफ्नै समाजमा सचेत युवाहरुले मध्यनजर गरि सर्ब साधारणको सुचनाको हकलाई कायम राख्नुको साथै कलमजिवी पत्रकारलाई कोभिड:-१९ बाट बाच्नको लागि आवस्यक स्वास्थ्य सामाग्री प्रदान गरेकाछन।

नेपाल पत्रकार महासंघले राजनीतिको सिकार बन्दै नातावाद र कृपावादले ग्रसित भएर कलमजिवी पत्रकारलाई अटाउन न सकेकोले बिश्व सूचना नेटवर्क द्वारा संचालित सि आइ एन नेपाल डट कम का संचालक कलमजिवी पत्रकार अनिल बर्माको नेतृत्व तथा अपन राधेमाइ युवा कल्बको आयोजनामा स्वास्थ्य सामाग्री फेस सिल,सेनिटाइजर,सर्जिकल माक्स, के९९ माक्स लागाएतका अति आवस्यक समानहरु प्रदान गरेकाछन। वर्माका अनुसार नेपाल पत्रकार महासंघमा नातावाद कृपावादमा सिमित भएकोले कलमजिवी पत्रकार लाई अटाउन नसकेकोले नेपाल पत्रकार महासंघ लाई जिम्मेवारी नदिकन बारामा रहेका २३ जनालाई आफै हस्तान्तरण गरेका छन् ।

जस मध्ये धेरै जना नेपाल पत्रकार महासंघ बाट उपेक्षित सञ्चारकर्मीहरु रहेका छन् । अपन राधेमाइ युवा कल्बका अध्यक्ष पवन कुमार यादवको अध्यक्षता तथानेपाल पत्रकार महासंघ बाराका कार्यवाहक अध्यक्ष रामबाबु मेहताको प्रमुख आतिथ्यतामा स- सामाग्री हस्तान्तरण गरिएकोछ। उक्त कार्यक्रममा संस्थाका सचिव बिनय कुश्वाहा, सल्लाहकार मुकेश श्रीवास्तव, सदस्य सोनु पटेल तथा विभिन्न संचार माध्यमका २३ जना कलमजिवी पत्रकारहारुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम कलैया स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय (मदर्सा) मा सम्पन्न भएको थियो उक्त कार्यक्रम संचालन राष्ट्र मार्ग सप्ताहिकका प्रतिनिधि सावित्री शर्माले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!