
विराटनगर । झरना युवा समुहद्वारा संचालित सबैको लागी निशुल्क खाजा खुवाउने कार्यक्रम संचलन भएको छ । सो कार्यक्रमको चौथों दिन बुधवार १८५ जनालाई खाजा वितरण गरिएको छ ।

खाजा वितरण कार्यक्रमको फोटो समाजिक सञ्जालमा सार्वजनिक नगरिकन सो कार्यक्रम संचलन गरिएको आयोजक संस्थाका सहयोगी तथा नेपाल वैश्य युवा संघ मोरङका अध्यक्ष गणेश कुमार साहले हिपमत डटकमलाई जानकारी दिए ।
बिराटनगर वडा नं.६ का सदस्य तथा नेपाल वैश्य युवा संघ मोरङ महासचिव सन्तोष शाह, श्री हलुवाई समज कल्याण सेव समिति को केन्द्रिय अध्यक्ष श्री ललन प्रसद शाह, युवा समाजसेवी शिवा सहनी, नेपाल वैश्य युवा संघ महानगर सदस्य अंगत ठाकुर, झरिलाल राजबंशी र ईरसाद अन्सारीको आयोजनामो निशुल्क खाजा खुवाउने कार्यक्रम संचालन गरिएको छ ।