
सुनसरी । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ चाँदनी चोक बस्ने ३५ वर्षीय बल बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती महिलालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।