हिपमत डटकम

मंगलबार, जेठ १८, २०७८ || 560  पटक पढिएको

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्ने उनले बताइन् ।

मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोसमेत बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।

डिडिसीले दैनिक एक लाख लिटर दूध सङ्कलन गर्नुपर्ने अवस्था भए पनि अहिलेका अवस्थामा ९० हजार लिटर दैनिक सङ्कलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!