हिपमत डटकम

मंगलबार, जेठ १८, २०७८ || 507  पटक पढिएको

विराटनगर । आज बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र ईलाममा २ जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक स्थितमा दक्षिण तर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक का ४५ बर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेको छ ।

त्यस्तै इलाम नगरपालिका ११ आले चोक स्थित भित्रि सड्क खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जादै गरेको ना२ ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ बर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमानै मृत्यु भएको हो । ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ बर्षीय चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानी ईलामको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!