हिपमत डटकम

मंगलबार, जेठ १८, २०७८ || 608  पटक पढिएको

काठमाडौं । सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको एक सदस्यको लागि उपचुनाव हुँदै थियो । प्रदेशका मतदाता र स्थानीय तहबाट भोट हाल्न आउने मतदाताको छुट्टाछुट्टै बाकस थियो ।

निर्धारित समय सकिँदा मतपेटिकामा २ सय ९७ जनाले मतदान गरेकोमा मतपरिणाम आउँदा केवल २९६ जनाको मात्रै आएपछि एकैछिन मतगणनामा सहभागीहरु नै अचम्ममा परे । तर पछि बुझ्दै जाँदा एक जना मतदाताले मतपत्रको ठाउँमा आफ्नो पीसीआर परीक्षण रिपोर्ट खसालेर गएको भेटिएपछि त्यो विवाद त्यहीँ सल्टिएर मतपरिणाम घोषणा गरिएको थियो ।

निर्वाचन अधिकारीका अनुसार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको कागज मतपेटिकामा भेटिएको छ । सो कागज स्थानीय तहका प्रतिनिधिले भोट खसाल्ने बाकसमा भेटिएको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले कुल २९७ जनाले मतदान गरेकोमा एउटा मतपत्रबाहेकको ‘अन्य’ कागज भेटिएको जानकारी दिए । ‘हामीले कुल सदर मतलाई मात्रै मान्यता दिने भएकाले मतपरिणाम २९६ जनाको मात्रै आयो, एउटा मतपत्र कहाँ गयो भनेर खोजी गर्दै जाँदा एउटा अन्य पत्र भेटिएको हो,’ कुँवरले भने ।

सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । निर्वाचनमा पाण्डेयले चार हजार एक सय ४० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याएका थिए । अनलाइनखबबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!