हिपमत डटकम

मंगलबार, जेठ १८, २०७८ || 804  पटक पढिएको

बर्दियामा बाघले फेरि मानिसको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन नगरपालिका-५ की नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो।

७५ वर्षीया नन्दकला सोमबार दिउँसो घर नजिकैको जंगलमा निहुरो टिप्न भनेर गएकी थिइन्। धेरै समयसम्म उनी घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले खोजी गर्दा उनलाई साँझ पाँच बजेतिर बेल्झुण्डी सामुदायिक वनमा मृत फेला पारेको थियो।

नन्दकलाको घाँटीमा बाघको नंग्राले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ। उनको शव अहिले जिल्ला अस्पताल गुलरियामा राखिएको छ।

गत बुधबार पनि मधुवन १ को औरही सामुदायिक बनमा बाख्रा चराइरहेका सोही नगरपालिकाको इन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेको थियो।

बाघले थारूको अनुहार चिथोर्नुका साथै दाहिने खुट्टाको साप्रामा घाउ बनाइदिएको छ।

प्रहरीका अनुसार थारूले पनि आफूसँग भएको खुर्पाले बाघलाई आक्रमण गरेका थिए। खुर्पाले चोट लागेपछि बाघ जंगलतिर भागेको थियो।

घाइते थारूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

बर्दियामा यसअघि बाघले आक्रमण गरी मानिसको ज्यान लिने गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!