हिपमत डटकम

सोमबार, जेठ १७, २०७८ || 799  पटक पढिएको

आम संचार प्राधिकरण प्रदेश न २ र मेडिया काउन्सिलको पहलमा नेपाल पत्रकार महासंघ बारा शाखालाई स्वास्थ सुरक्षाकीट हस्तान्तरण गरिएको छ ।

आम संचार प्राधिकरण प्रदेश न २ को अध्यक्ष श्यामसुन्दर यादव र मेडिया काउन्सिलको अध्यक्ष शिवहरी भट्टराईले नेपाल पत्रकार महासंघ बाराको कार्यवाहक अध्यक्ष रामबाबु मेहतालाई एक सय उन्न्तिस थान कोभिड १९ संग लडन स्वास्थ सुरक्षाकीट हस्तान्तरण गर्नु भएको हो ।

बढ्दो कोरोना महामारीमा संचारक्रमिहरुको स्वास्थ सुरक्षा सतर्कता अपनाउन मास्क ,स्यानिटाईजर , ग्लोभस , लगायतको सामग्री हस्तान्तरण गरिएको थियो । त्यसैगरी नोपाल पत्रकार महासंघ बारा शाखालाई एक थर्मल गन ,एक थान अक्सिमिटर प्रदान गरिएको छ । कोरोना महामारीमा समाचार सम्प्रेषण गर्न फिल्डमा खटेका संचारक्रमिहरुको स्वास्थ सुरक्षाको लागि झोलासेट कीट प्रदान गरिएको कार्यवाहक अध्यक्ष रामबाबु मेहताले बताएका छन् । स्वास्थ सामग्रीलाई नेपाल पत्रकार महासंघ बारामा गठन भएको क्विक रिसपौन्स टिमले आ आफ्नो क्षेत्रमा खटेका संचारक्रमिहरुलाई प्रदान गरिने शाखा सचिव अनिल गौरवले जानकारी दिनु भयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ बारा शाखाको कोषाध्यक्ष श्याम गुप्ता , कार्यसमिति सद्स्य पन्नालाल दास , नरेश गुप्ता , अनिल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!