रंगेली । रंगेली नगरपालिकाले रंगेली अस्पतालको सेवा विस्तारका लागी थप उपकरण खरिद गर्ने भएको छ । नगरपालिकाको पहलमा अर्थ मन्त्रालयले रंगेली अस्पताललाई उपकरण खरिदका लागी ३ करोड रुपैया उपल्वध गराएको छ ।

मन्त्रालयले प्याडियाटिक आईसियु र भेन्टीलेटर खरिका लागी सो रकम उपल्वध गराएको हो । नगरपालिकाले सो रकमले ५ थान आईसियु र २ थान भेन्टीलेटर खरिद गर्ने जनाएको छ । रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले अर्थ मन्त्रालय बाट सामान खरिदका लागी अनुमति सहित पत्र प्राप्त गरेको जानकारी दिए । उनले आवश्यक प्रक्रिया पुरा गरेर सामान खरिद गर्ने आन्तरीक तयारी भईरहेको बताए ।

यता रंगेली अस्पतालका मेसु रोहेन्द्र पाडेले अस्पतालमा उपकरण जडान गर्ने भौतिक पुर्वाधार कमजोर र जनशक्तmीको अभाव भएतापनि उपकरण जडान हुदा यस क्षेत्रका विरामीहरु लाभान्वीत हुने बताए ।

उनले अस्पताल थप सेवा विस्तार हुनु खुशिको कुरा भएको बताउदै सो अनुसारको सरकारले दरबन्दी राख्नु पर्ने जनाउदै रंगेली अस्पतालमा नया भौतिक पुर्वाधार निर्माण थपिने क्रममा रहेकाले प्याडियाटिक आईसियु र भेन्टिलेटर सहितको सेवा विस्तार हुनु राम्रो भएको बताए । अर्थ मन्त्रालयले रंगेली अस्पताल सहित मुलुकभर सो सेवा विस्तारका लागी २५ अस्पताललाई रकम उपल्वध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!