
झापा । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आर्थिक वर्ष २०७८/७९ का लागि ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि झापा जिल्लाका १५ वटा पालिकालाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेका हुन् । ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।
त्यस्तै दमक नगरपालिकामा ७० करोड १७ लाख, बिर्तामोड नगरपालिकामा ७० करोड १७ लाख, कन्काई नगरपालिकामा ५८ करोड १८ लाख, शिवसताक्षी नगरपालिकामा ५७ करोड ९७ लाख रुपैयाँ, भद्रपुर नगरपालिकामा ५० करोड ०६ लाख, गौरादह नगरपालिकामा ४८ करोड ५१ लाख र अर्जुनधारा नगरपालिकामा ४७ करोड ७१ लाख विनियोजन भएको छ ।
यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।
त्यस्तै गौरीगंज गाउँपालिकामा ३४ करोड ८६ लाख, कचनकबल गाउँपालिकामा ३८ करोड ८७ लाख, बुद्वशान्ती गाउँपालिकामा ३५ करोड ७६ लाख, झापा गाउँपालिकामा ३४ करोड ८४ लाख, बाह्रदशी गाउँपालिकामा ३४ करोड १८ लाख, र हल्दिवारी गाउँपालिकामा ३२ करोड ३१ लाख रुपैयाँ विनियोजन भएको छ ।