हिपमत डटकम

सोमबार, जेठ १७, २०७८ || 535  पटक पढिएको

औषधी कालोबजारी गर्ने मोरङ विराटनगर १५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने ३५ बर्षीय रवि कुमार रजकलाई पक्राउ गरिएको छ ।

आईतबार दिउसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो ।

उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसंगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!