
मोरङ रंगेली नगरपालिका-२ खोरिया टोल बस्ने जगदिस मुडियारीको १० वर्षीय छोरा धिरज मुडियारीको सोही ठाउँस्थित चेका खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

बिहानदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।