हिपमत डटकम

आइतबार, जेठ १६, २०७८ || 485  पटक पढिएको

घरमै बसेर दक्ष तथा अनुभवी परामर्शदाताहरूबाट अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी अनलाइन जानकारी लिने नेपाली विद्यार्थीको संख्या बढेको पाइएको छ ।

कुनै परामर्शदाता संस्थामा नगई सम्पूर्ण जानकारी समेत निःशुल्क लिन सकिने व्यबस्था गरेको स्टडी इन्फो सेन्टर डटकमकी नेपाल निर्देशक रमला भण्डारीका अनुशार पछिल्लो केही महिनामै विद्यार्थीको त्यो संख्या दुइ लाख पुगेको छ ।

अध्ययन गर्ने बिषय, विश्वविद्यालय मात्र होइन गन्तव्यसम्म जान आवश्यक जानकारी लिई प्रवेशाज्ञा प्रक्रिया समेत अघि बढाउन सकिने गरि जानकारी राखिएको उक्त पोर्टलमा दुई लाख बढीले भिजिट गरेका मात्र नभई दश हजार बढीले विद्यार्थीले अनलाइन परामर्श लिएको र छ हजार बढी प्रत्यक्ष लाभान्वित भएको पनि उनले बताइन् ।

 

नेपाली युवाहरुले सुरु गरेको स्टडी इन्फो सेन्टर डट कमले लकडाउनका बेला घरमै बसि बसि यि सबै कुरा बुझ्न सम्भव बनाएकोले लाभ लिनेको संख्या बढेको उनको भनाइ छ । स्टडी इन्फो सेन्टर डट कम विद्यार्थीहरुलाई अनलाइन शैक्षिक परामर्शमात्र होइन उनीहरु जान चाहेको देश र शहरमा विद्यार्थीका लागि आवास तथा रोजगारीका अवसरबारे पनि जानकारी दिने भरपर्दो अनलाइन माध्यम बनेको उनको दाबी छ ।

एक बर्षको अनुसन्धान पछि सन् २०२० को नोभेम्बरमा नेपालका बरिष्ठ शिक्षाविद, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत डा केदार भक्त माथेमा लगायतको उपस्थितिमा औपचारिकरुपमा शुरुवात भएको सो
यो अनलाइन पोर्टलमा विद्यार्थीहरुले विभिन्न अवसरहरूको पहिचान गर्दै संस्थाले दिने कोर्ससम्बन्धी जानकारी, युनिभर्सिटीहरूको तुलना, र अनलाइन परामर्श जस्ता सेवाहरु लिइसकेका छन् । नेपालसँगै श्रीलंका, फिलिपिन्स, भारत लगायतका देशहरुबाट समेत विद्यार्थीहरुले सोधपुछ गर्ने गरेको स्टडी इन्फो सेन्टरकी निर्देशक भण्डारीले जानकारी दिइन् ।

स्टडी इन्फो सेन्टरले अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया डेनमार्क लगायतका एक दर्जन बढी उच्च शिक्षाका लागि कहलिएका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई ती देशका तीनसय भन्दा धेरै विश्वविद्यालय र क्याम्पसबारे अत्यावश्यक जानकारी अनलाइनमै उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!