हिपमत डटकम

शनिबार, जेठ १५, २०७८ || 838  पटक पढिएको

जुम्ला ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिला गाउँपालिका-३ बस्ने २१ वर्षीय लक्की बुढालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

लक्की र सोही गाउँपालिका खलंगा बजार बस्ने मुकेश महतले जेठ ११ गते किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये लक्कीलाई पक्राउ गरेको हो । लक्कीलाई जिल्ला प्रहरी कार्यालयतर्फ लैजाने क्रममा तिला गाउँपालिका ३ र ४ जोडने त्रिवेणीस्थित तिला नदीको झुल्लुङ्गे पुल तर्ने क्रममा पुलबाट हाम फालेर घाइते भएकोले उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।

घटनामा संलग्न हाल फरार मुकेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!