हिपमत डटकम

शनिबार, जेठ १५, २०७८ || 632  पटक पढिएको

भारतसँग खुला सीमा जोडिएको प्रदेश नम्बर २ मा कोरोना संक्रमण थप छिर्न नपाओस् भनी चेकजाँचलाई अझ व्यवस्थित गरिएको छ।

दोस्रो लहरको संक्रमणमा पनि सीमा उपारबाट नेपाल छिरेको तथ्यलाई ध्यानमा राखी गरी नेपाल सरकारले तोकेका प्रदेश २ का मुख्य ३ नाकासहित सीमामा चेकजाँच अझ व्यवस्थित गरिएको हो।

यसको जिम्मेवारी सम्हाली रहेको सशस्त्र प्रहरीले कोही पनि लुकिछिपी नेपाल छिरेर संक्रमण नफैलाउन् भनी ७२ वटा बोर्डर आउट पोष्ट ( बीओपी ) र ४९ वटा फर्वाड अपरेटिङ्ग बेस ( एफओबी ) नै खडा गरी सीमामा निगरानी बढाएको छ।

वीरगन्ज, रौतहटको गौर र महोत्तरीको भिट्टामोढ मुख्य ३ नाकामा शसस्त्र प्रहरीको अगुवाइमा नेपाल छिर्नेको निगरानी पूर्ण रुपले गरिएको छ। सीमाको अरु जुनसुकै ठाउँबाट भने अहिले मानिस नेपाल छिर्न पाउँदैनन्।
लुकिछिपी छिर्नेहरू भेटिए सशस्त्र प्रहरीले उतै फर्काइदिने गरेको छ। मुलुकको नै प्रमुख स्थलमार्ग वीरगन्जमा त ड्यूटीमा महिला तथा बालबालिका मैत्री सहायता कक्ष खडा गरिएको छ। पुरुष प्रहरीले मात्र सबैलाई चेकजाँच गर्न यात्रुले संकोच नआऊन भनी सशस्त्रका महिला प्रहरी सहायता कक्षमा खटिएका छन्।

स्थलमार्ग भएर नेपाल भित्रिने नेपालीलाई सुरुमा नाकामा नै हात धुने, सेनिटाइजर प्रयोग गर्न लगाउने, मास्क लगाउन दिने, ज्वरो नाप्ने पहिलो काम गरिन्छ। लगत्तै शरीरको तापक्रम चेक गरी बढी पाइएको खण्डमा वा शंका लागेका व्यक्तिको एन्टिजेन परीक्षण गरी रिपोर्ट आएपछि बल्ल गन्तव्य तर्फ जान दिने नदिने गरिएको छ।

भारतबाट घर आउन भनी सीमासम्म आएका सबै प्रकारका मानिसको स्वास्थ्य अवस्था बुझेपछि मात्र सम्बन्धित पालिकाको समन्वयमा कहाँ पठाउने भन्ने काम गरिँदै आएको सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रसाद गौतमले बताए।

बिहीबार उनी आफैं नाकामा पुगी सीमामा खटेका सुरक्षाकर्मीलाई थप हौसला दिने र सुधार गर्ने कुरा सिकाइरहेका भेटिए। भारतीय नागरिकको हकमा सुरक्षाका सबै प्रक्रिया पूरा गरेपछि मात्र कामको आधार हेरी नेपालतर्फ आउनै पर्ने अवस्था हेरेर मात्र आउन दिँइदै छ। जरुरी काम नभएका भारतीय नागरिकलाई उतै फर्काइरहेका छौं, उनले भने।

त्यहाँ मास्क, सेनिटाइजर, साबुन पानी मात्र नभई महिलाहरूको सुविधाका लागि सेनिटरी प्याडसमेत राखिएको छ। पछिल्लो समयमा साविकभन्दा सीमामा सुरक्षा मापदण्ड पालनामा थप कडाइ गरिएकोछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!