हिपमत डटकम

शनिबार, जेठ १५, २०७८ || 632  पटक पढिएको

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएको शोका निर्माता तथा उद्घोषक सुशिल नेपालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

२ साताअघि कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

महागुरु कोच दीपलाई शिघ्र स्वास्थ्य लाभको कामना, भन्दै नेपालले फेसबुकमा लेखेका छन् ‘स्वास्थमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएका हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड पोजिटिभ देखिएपछि उहाँ अहिले यो रोगसँग जुधिरहनु भएको छ । सधैं हामीलाई आत्मबल दिने संगीतका जिवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई पुर्ण विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!