
काठमाडौं महानगरपालिका-२३ डेरा गरी बस्ने भारत बिहार सिपोल घर भएका ६८ वर्षीय छेडी मण्डल आफ्नै कोठामा बिहीबार मृत अवस्था फेला परेका छन् ।

त्यसैगरी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार डेरा गरी बस्ने कैलाली गौरीगंगा नगरपालिका-१ घर भएका २२ वर्षीय गौरब बराल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-२ स्थित कृषि सामग्री भवनको कम्पाउण्डभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-४ बसपार्क प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।