गणेश कुमार ठाकुर

शुक्रबार, जेठ १४, २०७८ || 732  पटक पढिएको

सिरहा । प्रदेश २ सरकारले सवै जिल्ला प्रशासन कार्यालयहरुको लागि बारुण यन्त्र (दमकल) खरिद गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका ८ जिल्ला र प्रदेश प्रहरीको लागि १ गरी ९ वटा दमकल खरिद गरेको हो ।

प्रति दमकलको मूल्य करिव ५३ लाख रुपैयाँका दरले खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए । खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ । ‘प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई एक–एक वटाका दरले दमकल उपलब्ध गराइनेछ,’ प्रवक्ता कुसवाहाले भने, ‘एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइनेछ ।’

कुसवाहाले चालु आ.ब.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए । खरिद गरिएका दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम पुगिसकेका छन् ।

प्रदेश सरकारले यसअघि ५ वटा बस किनेको थियो । बस किनेको आठ महिना पुग्दा समेत सन्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!