
बाग्लुङ ढोरपाटन नगरपालिका ३ का धनबहादुर जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका छन् ।

आफ्नी श्रीमतीको उपचारका लागी आएका जिसी श्रीमतीलाई आईसियूमा छोडेर बेपत्ता भएका हुन् । उपचारको क्रममा श्रीमतीलाई कोरोना देखिएको र स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई आईसियूमा उपचार गरिएको छ ।
जिसीले घरमा फोन गरेर आफूलाई पनि स्वास फेर्न गाह्रो भएकोले अर्को बिरामी कुरुवा पठाउन भनेका थिए । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतलाबाटै हराएका हुन् । उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् ।
आखिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए ?
हेर्नुहोस् यो भिडियो :-