हिपमत डटकम

बिहिबार, जेठ १३, २०७८ || 882  पटक पढिएको

रोल्पा पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकमा कार्यरत पत्रकार काशीराम डाँगीलाई धम्की दिएका छन्।

पूर्वमन्त्री पुनले सामाजिक सञ्जालमार्फत् वरिष्ठ पत्रकार डाँगीको नामै उल्लेख गरेर लगाएको आक्षपप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्वअध्यक्ष तथा पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्।

पत्रकार वा पत्रकारिताको सन्दर्भमा कुनै चित्त नबुझे प्रक्रियागत रुपमा जाने बाटो हुँदाहुँदै धम्कीपूर्ण तरिकाले पूर्वमन्त्री पुन सामाजिक सञ्जालमा उत्रिएका हुन्।
माओवादी नेता पुन मात्रै होइन उनका स्वकीय सचिव सन्तोष पुनको हर्कत खेद–जनक रहेको छ। उनले समेत सामाजिक सञ्जालमा अमर्यादित र असान्र्दाभिक टिका–टिप्पणी गर्दै आएका छन्।
नेता पुनको सचिवालयले जिल्लाका स्थानीय तहमा अक्सिजन सिलिण्डर बेचेको विषयमा उठेका जिज्ञासालाई स्पष्ट पार्नुको सट्टा अनावश्यक रुपमा गरिएको दुरासययुक्त व्यवहारप्रति खेद व्यक्त गर्दै जिल्लाका पत्रकार तथा मानवअधिकारकर्मीले पुनप्रति आपत्ति जनाएका छन्।

जिल्लाका संस्थापक पत्रकारमाथि हुने कुनै प्रकारका दूरव्यवहारप्रति एकजुट भई त्यसको विरोध गर्न पत्रकारहरूले आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!