
नवलपरासी(पश्चिम) जिल्लाको सुनवल नगरपालिका-१ चिनी मिलअगाडि सडकमा लु.१२ प १९५१ नम्बरको मोटरसाइकलले साइकललाई बुधार राति ठक्कर दिँदा साइकलयात्री सोही नगरपालिका-३ कीर्तिपुर बस्ने ५७ वर्षीय पर्शराम गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मर्सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका-१ कोटवडामा भे.१ क १११४ नम्बरको स्काईभेटरको चेनमा च्यापिएर सोही ठाउँ बस्ने राम बहादुर कठायतको ४ वर्षीय छोरा नेमार कठायतको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । स्काइभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।