हिपमत डटकम

बुधबार, जेठ १२, २०७८ || 826  पटक पढिएको

गुल्मीमा एक एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयका अनुसार एम्बुलेन्स चालकलाई रेसुंगा नगरपालिका– १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटपिट गरेको बताए ।

चालक खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा उपचार गर्न ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न व्यक्तिको पहिचान भैसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाई छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्ठले दिनरात कोभिडका बिरामी बोकेर गाउँ, सहर र अस्पताल दौडने एम्बुलेन्स चालकको सुरक्षाका विषयमा सरकार थप गम्भीर बन्नुपर्ने माग राखे । उनले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!