हिपमत डटकम

बुधबार, जेठ १२, २०७८ || 1093  पटक पढिएको

युनानी दार्शनिक अरस्तु प्लेटोका शिष्य र सिकन्दर महान्का गुरु थिए । उनका दर्शनले मध्ययुगीन शिक्षालाई व्यापक प्रभावित गरेको छ । यसबाट मध्ययुगमा ईश्लाम र यहुदी विचार बढी प्रभावित थिए भने क्रिश्चियन खासगरी रोमन क्याथोलिक मतलाई आज पनि उत्तिकै प्रभावित हुँदै आएको छ । प्रस्तुत छ उनै दार्शनिक अरस्तुका केही उत्प्रेरक भनाइ ।

१, महिलाहरू भनेका प्रकृतिका सुन्दर उपहार हुन् । यदि उनीहरू थिएनन् भने सारा संसार बेइमानीको अखडा बाहेक केही हुने थिएन ।

२, जीवनमा पैसाको ठूलो मूल्य हुन्छ तर एउटा निश्चित विन्दुमा पुगेपछि त्यो पनि अर्थ हीन पुग्छ ।

३, कुनै पनि मानिसलाई उसको स्वभावले नै विश्वसनीय बनाउँछ न कि धन सम्पत्तिले ।

४, साथीको बिना कोही पनि जिउन सक्दैन चाहे ऊ जति नै वैभवशाली किन नहोस् ।

५, साँचो प्रशंसा त्यही हुन्छ, जुन पीठ पछाडि गरिएको छ ।

६, कसैले पनि त्यस्तो चीजसित साँचो माया गरेको हुँदैन, जोसित ऊ डराएको हुन्छ ।

७, खराब मानिसको मन सदा पश्चात्तापले भरिएको हुन्छ ।

८, डर भनेको यस्तो दर्द हो, जो खराब चीजको चाहनाबाट उत्पन्न हुने गर्छ ।

९, जो सबैको मित्र हुन खोज्छ वास्तवमा ऊ कसैको पनि मित्र हुन सक्दैन ।

१०, खुसी भनेको बाहिरबाट आउने नभई आफैँमा निर्भर हुने कुरा हो ।

११, मानिस प्राकृतिक रूपमै ज्ञानको भोको हुन्छ, जसको सुरुवात गर्भैदेखि भएको हुन्छ ।

१२, चरित्र नै मानिसको आफ्नो कुरा मनाउन सक्ने सर्वाधिक प्रभावशाली माध्यम हो ।

१३, हितैषी त्यही हो, जसले अफ्ठ्यारो पर्दा सघाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!