हिपमत डटकम

बुधबार, जेठ १२, २०७८ || 1406  पटक पढिएको

बिराटनगर । मोरङको सुनवर्षि नगरपालिकाले कोरोनाबाट संक्रमित भएको ब्यक्तिहरुको घर घरमा नै पुगेर औषधि बितरण तथा स्वास्थ्य सेवा प्रदान सुरु गरेको छ । सुनवर्षि नगरपालिकामा हाल ८१ जना संकृय कोरोना संक्रमित रहेको छ भने कोरोनाको कारणले एक जनाले आफ्नो ज्यान गुमाएको छ ।

सुनवर्षि नगरपालिकामा हिजो बसेको बैठकले नगरपालिकाको हरेक वडामा स्वास्थ्यकर्मि परिचालन गर्ने कोरोना संक्रमितको हरेक दिन घरघरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने ,आवस्यक औषधि बितरण गर्ने र हरेक दिनको रिपोर्ट नगरपालिकामा बुझाउने नगरपालिकाले आदेश दिएको सुनवर्षि नगरपालिकाका प्रमुख कालिप्रसाद दासले हिपमत डटकमलाई बताउनु भयो ।हाम्रो नगरपालिकामा हामि तिब्र गतिमा काम गरिरहेका छौ ।कुनै पनि कोरोना संक्रमितको अकाल मै ज्यान नजाओस भनेर हामिले हाम्रो सबै जनशक्ति अहिले परिचालन गरेका छौ आवस्यक परे थप योजनाहरु अगाडी बढाउने छौ दासले बताउनु भयो ।

कोरोना संक्रमितको उपचार तथा सेवामा हाल सुनवर्षि स्वास्थ्य साखाले आईसोलेसन सेन्टर ,डाईनिया स्वास्थ्य साखामा पिसिआर परिक्षण ,तथा कन्ट्रयाक ट्रेसिङमा परेको र संकास्पद ब्यक्तिको पिसिआर परिक्षण गर्न घरघरमा नै स्वास्थ्यकर्मि परिचालन तथा घरघरमा नै औषधि बितरण तथा परामर्श सेवा प्रदान गर्न ६२ जना स्वास्थकर्मिहरु दिनरात खटिरहेको सुनवर्षि स्वास्थ्य साखाका प्रमुख किशोर मण्डलले हिपमत डटकमलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!