हिपमत डटकम

बुधबार, जेठ १२, २०७८ || 448  पटक पढिएको

नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन्। प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। त्यसको भोलिपल्ट मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्। उनीहरूले सर्वोच्च अदालतमा कसरी प्रस्तुत हुने भनेर कानुनविद्सँग छलफल गर्ने भएका छन्।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताबीच छलफल भएको थियो। संसदीय प्रणालीअनुसारका प्रस्ताव अस्वीकृत हुँदै जाँदा संविधान र व्यवस्थामाथि नै खतरा बढेकाले तिनको रक्षाका लागि न्यायिक लडाइँ कसरी अझ व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय संविधानविपरीत भएको दाबीसहित १ सय ४६ जना सांसद सोमबार सर्वोच्च अदालत पुगेका थिए। पार्टी सभापति देउवाको नेतृत्वमा अदालत गएको कांग्रेसले आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बुधबार बिहान पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!