गणेश कुमार ठाकुर

मंगलबार, जेठ ११, २०७८ || 703  पटक पढिएको

सिरहा  । प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाको आफ्नै एम्वुलेन्स बिधिबत सञ्चालनमा आएको छ । मिर्चैया नगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गर्दै खरिद गरि ल्याईएको एम्वुलेन्स मंगलवार देखि बिधिबत संचालनमा आएको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश सिहंले बताए ।

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमिणको संख्या दिनप्रतिदिन बढदै गइरहेकोे अबस्थालाई मध्यनजर गर्दै मिर्चैया नगरपालिकाले सुविधा सम्पन्न १० वेडको आइसोलेसन सहित १ थान एम्बुलेन्स खरिद गरि संचालनमा ल्याईएको हो ।

मिर्चैया नगरपालिका वडा नं। ७ स्थित पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई मर्मत सम्भार गरि सम्पुर्ण सेवा सुविधा सहितको १० बेड क्षमताभएको अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको र अति विपन्न परिवारका लागी निशुल्क खाना समेतको व्यवस्था गरेको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादबले बताए । नगरवासी तथा अन्य नागरिकका लागि २४ सै घण्टा एम्वुलेन्स सहितका स्वास्थ्य सेवा सुचारु रहने मेयर यादवले वताए । आवश्यक परेको खण्डमा चालक बिपिन साहको मोबाइल नं। ९८०७१७०८७० मा सिधै सम्पर्क राख्नुहोला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!