
कपिलवस्तु । कृष्णनगर नगरपालिका-१२ सोनबर्षा बस्ने नरेन्द्र यादवको घरमा काम गर्दै आएका सोही नगरपालिका-४ सिर्सिहवा बस्ने ३२ वर्षीय ठाकुर कोरीको कुटपिटबाट मंगलबार बिहान मृत्यु भएको छ ।

करिब ७ महिना अगाडिदेखि उक्त घरमा काम गर्दै आएका उनलाई वैशाख २९ गते नरेन्द्र र उनकै छोरा मुरज यादवले कुटपिट गरी घाइते बनाएको र मंगलबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी सिर्सिहवाबाट प्रहरी टोली खटि गएको छ ।
कुटपिटमा संलग्न हाल हाल फरार दुवै जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।