हिपमत डटकम

मंगलबार, जेठ ११, २०७८ || 447  पटक पढिएको

कैलाली  जिल्लको  धनगढी उपमहानगरपालिका-१८ एफ गाँउस्थित सडकमा सु.प.प्र.०१-००८ प ४०६४ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया राम जानकी चौधरीको सोमबार दिउँसो मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएकी उनको माया मेट्रो प्रालि अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी मुस्ताङ जिल्लको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ घ्याकरस्थित सडकमा ग.१ त ४८३९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक धादिङ बस्ने २३ वर्षीय मैते तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!