
स्याङ्जा । पुतलीबजार नगरपालिका-१ प्रगतिनगर घुम्ती र चन्द्रनगर घुम्तीस्थित दुई ठाउँमा लुकाई राखेको १ सय ९२ लिटर न्यून गुणस्तरको स्यानिटाइजर सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त ठाउँमा न्यून गुणस्तरको सेनिटाईजर लुकाई राखि विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले सोही नगरपालिका-१ प्रगतिनगर घुम्तीस्थित पुतलीबजार नगरपालिका-१ कालाखोला बस्ने ४७ वर्षीय देवेन्द्र पौडेलको कोठाबाट उत्सव डिटर्जेट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित ९० लिटर तथा ग्लोबल हेल्थ केयर भारत लेखिएको ९० लिटर र पुतलीबजार नगरपालिका-१ चन्द्रनगर घुम्तीस्थित दिलिप श्रेष्ठको रोल बराह सप्लायर्सबाट १२ लिटर गरी जम्मा १ सय ९२ लिटर स्यानिटाइजर बरामद गरेको हो ।