हिपमत डटकम

मंगलबार, जेठ ११, २०७८ || 691  पटक पढिएको

नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओलीलाई काँग्रेस नेता स्व.गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । विगतमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तो भविष्यमा केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउने मुख्यमन्त्री पोखरेलको तर्क छ ।

केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिरबाट घेराबन्दी र विरोध भइरहे पनि भोलि केपी ओलीको खोजी हुने पोखरेलको तर्क छ । साथै अहिले प्रधानमन्त्री ओलीप्रति सहानुभूति बढ्न थालेको पनि पोखरेलले बताएका छन् ।

राष्ट्रिय राजनीति तरल भएपछि केही दिनयता काठमाडौंमा रहेका मुख्यमन्त्री पोखरेलले ओलीलाई गिरिजासँग तुलना गर्दै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन् –

अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिबेला उहाँको तिव्र विरोधसँगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो । मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्यो । अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिँड्न लागिरहेको भान भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् । त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । बरु प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ ।

आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुँडीका रुपमा मात्र बुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् ।

दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ, समयमै आफ्नै इतिहासबाट शिक्षा लेउ र सही बाटोमा अघि बढौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!