सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । आज भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ का ३२ वर्षीय पूरुषको कोरोना भाइरसका कारण निधन भएको हो ।

केही दिन देखी बिरामी रहेका ती पूरुषको कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै मृत्यू भएको पारिवारीक श्रोतले जनाएको छ । हिजो कोरोना पुष्टि भएका ती पूरुषको आज विहान मृत्यू भएको स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि गाउँपालिकामा तिन जना पूरुषको मृत्यू भइसकेको छ भने ६२ जना सकृृय संक्रमित रहेका छन् । गाउँपालिकामा कोरोना परिक्षण गरिएको मध्ये ३८ जनामा एकै दिन कोरोना पूष्टि भएको थियो भने २४ जना विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा परिक्षण गर्दा कोरोना संक्रमण भएको तथ्यांक रहेको स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले बताए ।

आलमका अनुसार गाउँपालिकालेृ आफ्नो श्रोत साधनले भ्याए सम्म गाउँमै पीसिआर परिक्षणको काम गरिएको र प्रत्येक वडामा कोरोना संक्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने पौष्टिक तत्व तथा औषधिहरु वितरण गर्ने कार्य सुरु गरिएको छ ।

गाउँपालिकाको कोही पनि नागरिकको अकालमा ज्यान न जाऔँस भनेर उपचार तथा परिक्षणको दायरा बढाएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले जानकारी दिइन् ।

मेहताका अनुसार गाउँपालिकाको ८ वटै वडाहरुमा सम्भावित जोखिमलाई मध्यनजर गरी ५० प्याकेट प्रति वडाका दरले औषधि तथा स्वास्थ्य प्याकेट वितरण गरेको छ ।

यसअघि संक्रमितहरुको घरमै पुगेर मेहता लगायत कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिका संयोजक हारुण अंसारी, सदस्य तथा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ का वडाध्यक्ष हात्तिम अंसारी, वार्ड नं. ३ का वडाध्यक्ष सुकदेव यादव, वार्ड नं. १ का वडाध्यक्ष ललित्त कुमार थापा, आर्युवेद औषधालयका स्वास्थ्यकर्मी गनेश कुमार खत्वे, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र कुमार यादव, नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष रामकुमार मेहता, नेपाली काग्रेँस भोक्राहा नरसिंह गाउँ कमिटीका सभापति युवराज दाहाल लगायतको टोलीले स्वमस्थ्य सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!