लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका सांसदहरुले मुख्यमन्त्री नियुक्तिदेखि सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्र प्रदेश प्रमुखको कार्यालय समक्ष माग गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उल्लेखित व्यहोरा माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्बन्धी दफा ३ बमोजिम निवेदन दिइएको हो ।

नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पूमति ढेगा र जनमोर्चाकी तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रमुखले डाकेको प्रदेशसभा विशेष अधिवेशन सम्बन्धी पत्र, मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामासहितका अन्य कागजपत्र माग गर्दै सोमबार निवेदन दिएका हुन् ।

यस्तै अधिवेशन अन्त्य र शंकर पोखरेलले एमाले संसदीय दलको नेता रुपमा वैशाख १९ गते प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको र मुख्यमन्त्रीमा पुनः नियुक्त भएको कागजपत्र माग गरिएको काँग्रेस सचेतक निर्मला क्षेत्रीले बताईन् ।

निवेदकहरुले कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रस्ताव गर्दै हस्ताक्षरसहित बुझाएको निवेदन पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!