हिपमत डटकम

सोमबार, जेठ १०, २०७८ || 594  पटक पढिएको

बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबार सम्ममा धेरै शक्तिशाली चक्रवात आउने जल तथा मौसम विभागले जनाएको छ । उक्त चक्रवातको असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले सोमबार जारी गरेको विशेष बुलेटिनमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । यस्तै उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

‘सो प्रणालीका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षा को सम्भावना रहेको छ। तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केही दिनसम्मका लागी पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ ’, विभागको विशेष बुलेटिनमा भनिएको छ ।

देशका धेरै स्थानहरुमा बुधबारबाट केहि दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले भनेको छ।

साथै, प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहीबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको एक दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ।

यो सिजनमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!