हिपमत डटकम

सोमबार, जेठ १०, २०७८ || 817  पटक पढिएको

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

न्यूनचापीय प्रणालीको असरका कारण हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति भने प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ।

यस्तै, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!