बाराको कलैयामा एक प्रेमीले प्रेमिकाका दुईजना नाबालक सन्तानको हत्या गरेका छन् । विवाहेत्तर सम्बन्धका कारण सो हत्याकाण्ड भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

नाबालक हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय फरमुलाह अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्रेर आइतबार सार्वजनिक गरेको छ । जेठ ४ मा कलैया–७ स्थित रंगपुरमा रहेको निर्माणाधिन मदरसामा गफार मियाँका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षका अमिन अन्सारीको शव फेला परेको थियो ।

वैशाख ३ गते फरमुलाहले धारिलो हतियारले घाँटी रेटेर उनीहरुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले  बताए ।

फरमुलाह र गफारकी पत्नीबीच विवाहेत्तर सम्बन्ध रहेको थियो । बालकहरुको कारण गफारकी पत्नीसँगको सम्बन्ध बाहिरिने डरले नाबालकको हत्या गरेको उनले प्रहरीलाई साविती बयान दिएका छन् । वैशाख ३ मा प्रेमिका दुई छोरीसहित माइत गएको मौकामा उनले नाबालकको हत्या गरेका थिए ।

प्रेमिकालाई भगाउन खोज्दा फरमुलाहले बच्चालाई बाधक देखे । प्रेमिकासँग उनले सापटी पैसा पनि लिएका थिए ।

हत्या गरिएका उसमान र अमिनका बुवा गफार मियाँ पछिल्लो ३ वर्षयता वैदेशिक रोजगारीमा छन् । विदेशबाट पठाएको पैसा उनकी पत्नीले फरमुलाहलाई सापट दिने गरेका थिए । सो पैसा पचाउने उद्देश्यले पनि उनले नाबालकको हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी मिश्रले बताए ।

गफारका दुई छोरा, दुई छोरी र श्रीमती कलैयामा बस्दै आएका थिए । हत्या आरोपी फरमुलाह अन्सारी छिमेकी गफारको घरमा जाँदाजाँदै उनको श्रीमतीसँग अनैतिक सम्बन्ध भएको प्रहरीको अनुसन्धान बाट खुलेको छ । बच्चाको कारण नै पछिल्लो समय दुई प्रेमी प्रेमिकाबीचको संबन्ध चिसिदै गएको आरोपीले बयानमा उल्लेख गरेका छन् । रातोपाटी बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!