हिपमत डटकम

आइतबार, जेठ ०९, २०७८ || 842  पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यसको स्वागत गरेका छन् ।

अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी त्यसको स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन् : ‘लाखौं लाख नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान, जसलाई अद्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षौँ प्रतिक्षा पछि जसपा नेपालको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जानकारी गराउँदछौं ।’

त्यसैगरि जनकपुरमा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका छन् । उनीहरुले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा नारा पनि लगाएका छन् । अध्यक्ष ठाकुर र नेता महतोको अडानका कारण जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने भयो भन्दै खुसीयाली मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!