
दाङ । दंगिशरण गाउँपालिका-२ सरुवा डाँडा बस्ने बसन्त शाहीको बाख्राको खोरमा शनिबार दिउँसो बिद्युतको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा खोर लगायतका सामान र १० वटा बाख्रा समेत जलेर करिब ७ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।