
आज Lions Club of Rangeli सँगको समन्वयमा साथ तपाईसंगै हामि सुनवर्षि सहयोग अभियानले सुनवर्षि नगरपालिकाले संचालन गर्दै आएको सुनवर्षि नगरपालिका वडा न -२ अमरदह स्थित आईसोलेसन सेन्टरमा कोरोना संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मिलाई सहयोग हुने हिसाबले आज ५ थान पिपिई सेट हस्तान्तरण गरेको लायन्स क्लब रंगेकिका अध्यक्ष ईन्जिनियर कम्लेश्वर ठाकुरले हिपमत डटकमलाई जानकारि दिनु भयो।

यो स्वास्थ्य सामाग्री लायन्स रेवत बहादुर कार्किले उपलब्ध गराउनु भएको ठाकुरले बताउनु भयो ।
आज पिपिई बितरण कार्यक्रममा साथ तपाई संगै हामि सुनवर्षि सहयोग अभियानका अभियन्ता धिरेन्द्र साह तथा बीरेन्द्रकुमार साहले यस अघि पनि हामिले सुनवर्षि युवा क्लबको सहकार्यमा सुनवर्षि नगरपालिका भरिको स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मिलाई स्वास्थ्य सामाग्री बितरण गरेको बताउनु भयो ।