विराटनगर  । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं ६ का युवाहरुले वडाभित्र रहेका कोरोना संक्रमितको घरमा स्वास्थ्य सामग्री वितरणको कार्यलाई निरन्तरता दिँदै आएका छन् । अघिल्लो शुक्रबारबाट सुरु गरेका वडा नं ६ का युवाहरुले हिजो शुक्रबार वडाध्यक्ष देवनारायण मेहता तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समन्वयमा वडामा होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई मास्क, पन्जा, साबुन र सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

वडाको आयुर्वेद शाखासँगको समन्यवमा ४४ जना संक्रमितलाई आयुर्वेदिक औषधिका साथै स्वास्थ्य सामग्री वितरण गरिएको वडा नं ६ का अभियन्ता भगवान मण्डलले जानकारी दिए । उनका अनुसार उक्त वडाका दस घरमा ४४ जना संक्रमित छन् । उनीहरु सबैलाई पुग्नेगरी आयुर्वेदिक औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको बताउँदै उनले यस कार्यमा गाउँपालिकाको आयुर्वेदिक शाखाका प्रमुख जिवछ पञ्जियारको सहयोग गरेको सुनाए ।

वडाध्यक्ष मेहता, आयुर्वेद शाखाका प्रमुख पञ्जियार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य चार युवाले उनीहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ४४ जना संक्रमितलाई भेटेर परामर्शसमेत दिएका थिए ।

पिपिईसमेत लगाएर खटिएका स्वास्थ्यकर्मीले अक्सिमिटरको सहायताले अक्सिजन लेबल जाँच्ने तथा संक्रमितलाई घरपरिवारका अन्य सदस्यमा संक्रमण हुनबाट जोगाउन सतर्कताका उपायहरू सुझाएका थिए ।

‘होम आइसोलेसनमा रहेका संक्रमितको अवस्था कस्तो छ र उहाँहरुलाई स्वास्थ्य सामग्री कत्तिको उपलब्ध छ भन्ने बुझ्नका लागि पनि वडाध्यक्ष, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहितको टिम लिएर हामी संक्रमितको घर–घरमा पुगेका हौँ’, मण्डलले भने, ‘यो अभियानलाई हामी निरन्तरता दिनेछौँ । यसले गर्दा उहाँहरुको मनोबल पनि बढ्छ ।’

यस्तै मण्डलले देवानगञ्ज गाउँपालिकाले हालै गठन गरेको कोभिड रेस्पोन्ज टिमले पनि आफूहरुलाइ सहयोग गरेको उनले बताए । उक्त टिमका संयाेजक रामखेलन मेहताले आफूहरूलाइ स्वास्थ्य सामग्री उपलब्ध गराएको बताउँदै उनले भने, ‘उहाँहरुको सहयोगका कारण पनि यो काम सार्थक भएको छ । साथै उहाँले यसरी नै अगाडि बढ्नु भन्दै आगामी अभियानमा पनि साथ दिने बाचा गर्नुभएको छ ।’

यसैगरी, वडा नं ६ का एक पुरुष संक्रमितले युवाहरुको यो अभियानले कोरोना जित्ने थप हौसला प्रदान गरेको बताए । गाउँपालिका तथा प्रतिनिधिले यस्तो काममा ढिलाइ गर्न नहुने बताउँदै उनले विशेषगरी ग्रामीण भेगमा रहेका आफूजस्ता संक्रमितले चिकित्सकको आवश्यक परामर्श नपाउँदा जोखिम बढेको सुनाए ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष मेहताका साथै स्वास्थ्यकर्मीहरू कुन्दन मण्डल, रामखेलन मेहता र राजकुमार मेहतासँग युवाले समन्वय गरेका थिए । युवाहरु भगवान मण्डल, चन्दन यादव, चन्दन मेहता र विजयकुमार मेहताले यो अभियानलाई निरन्तरता दिने बताउँदै भावी दिनमा गाउँपालिका पनि यसरी नै सहयोगमा उत्रिँदा कोरोनाविरुद्धको लडाइँ सहज हुने बताए ।

यस टिमलाइ महेश जाजु ,अमित सारडा, मनोजविक्रम शाह, शुशील अटल, अमित राठीलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । त्यसबाहेक युवाको टिमलाइ वडा नं ६ घर भइ हाल विदेशमा रहेका दिनेस मेहता, रामकुमार मेहता, अरबिन मेहता, मनोज मेहता, विजय मेहतालगायतले आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!