
नेपाल स्काउटका प्रदेश स्काउट कार्यलय प्रदेश नं. एक बिराटनगर मोरङ्गको आयोजनामा बिराटनगर महानगरपालिका वडा नं. १४ मा नेपाली सेनाले बनाएको होल्डिङ्ग सेन्टरमा शव ब्यवस्थापन सम्बन्धी तालीम सुरु भएको छ ।

जेठ ०८ गते शनिवार देखि सुरु सो तालीम जेठ ११ गते मंगलवार सकिने छ । तालीममा मोरङ्ग जिल्ला भरीका करिब १४ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
सो तालीम नेपाली सेना श्री भैरब गण मोरङ्गको सह – कार्यमा संचालन गरेको र तालीम भरी प्रशिक्षकको रुपमा सोही गणका शव ब्यवस्थापन गदै आएको सेनाहरुले रहने श्री भैरब गण मोरङ्गका सह – सेनानी राजेन्द्र बहादुर खनालले बताए ।
विश्व सहित नेपाल पनि नयाँ भेरियन्ट सहितको कोरोना (कोभिड – १९) महामारीबाट ग्रसित छन् । दिन प्रतिदिन कोरोनाले मानिषहरुको मुत्यु हुनेको सङख्या बढी रहेको छ । अहिले शबको ब्यवस्थापन नेपाली सेनाले गदै आएको छ । यदी भोलिको दिनमा शब ब्यवस्थापनमा समस्या आएको खण्डमा अहिले यस तालीममा प्रशिक्षण लिई रहेको स्काउटका स्वयमसेवकहरुलाई परिचालन गर्ने प्रदेश स्काउट कार्यलय प्रदेश नं. एकका अधिकृती नवराज घिमीरेले हिपमत डटकमलाई बताए ।
तालीममा नेपाल सरकारले अपनाउन कोरोना समबन्धी भनिएका सम्पुर्ण स्वास्थ्यका मापडण्ड अपनाएको छ ।

त्यसगरी शब ब्यवस्थापन समबन्धीत तालीम प्रदेश नं. एकका मोरङ्ग सहित तिन वटा जिल्लामा संचालन गर्ने तालीमका संयोजक तथा प्रदेश स्काउट कार्यलय प्रदेश नं. एकका तर्दथ समितीका संयोजक रवि खनालले बताए । तालीम जेठ ९ गते आईतवार देखि जेठ १२ सम्म झपामा र जेठ १० गते सोमबार देखि १३ गते सम्म सुनसरीको ईटहरीमा हुने उनले बताए ।