नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको बताएका छन्।

‘नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं’, शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले भने, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरि विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए!’

संविधान मास्ने प्रतिगामी काम भयो- उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मास्ने काम भएको बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै जसपा अध्यक्ष यादवले मध्यरातमा भएको प्रतिगामी कदमले जनतालाई फेरि सडकमा आउन बाध्य बनाएको बताए।

‘अब हामी सबै मिलेर प्रतिगामी कदमका विरूद्ध लड्नुपर्छ। त्यसका लागि प्रतिगमनको बिरोधमा रहेका दलहरू एक ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘अब क्रान्तिकारी पक्ष मिलेर प्रतिगमनलाई परास्त गर्नुको विकल्प छैन।’

तपाईंकै पार्टीका सांसदले पनि प्रधानमन्त्रीको कदमलाई साथ दिनुभयो नि भन्ने प्रश्नमा यादवले उनीहरूको विगत नै प्रतिगमन पक्षमा रहेको आरोप लगाए।

‘उहाँहरूको बारेमा म धेरै टिप्पणी गर्दिनँ। कोही पञ्चायतमा लागेको कोही शाहीकालको पक्षमा लागेकाहरू छन्,’ उनले भने, ‘उहाँहरूको विगत कहिले पनि परिवर्तनको पक्षमा छैन। अब उहाहरूसँगको सहकार्यबारे पार्टीमा छलफल हुन्छ।’

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर गरेका थिए। ठाकुर-महतोसँग जसपाका बहुमत सांसद रहेको दाबी थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!