
सिरहा । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गते बसेको २९१ औ संचालक समितिको बैठकले झालाई संस्थापक तर्फ रिक्त संचालक पदमा नियुक्त गरेको हो ।

उक्त बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि संचालकमा झालाई नियुक्त गरेको कम्पनीले जनाएको छ।
यसअघि झा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । सूर्या लाइफ इन्स्योरेन्सको संचालकमा विवेक झा नियुक्त