
पाँचथर । कुम्मायक गाउँपालिका- ४ यासोकस्थित प्रकाश काफ्लेको पक्की घरमा ग्याँस लिक भई शुक्रबार बिहान आगलागी हुँदा घरभित्र रहेको अन्दाजी १९ लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।