रंगेली  ।  सशस्त्र प्रहरी बल विओपी रंगेलीले खैरो हिरोइन सहित एक भारतिय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

रंगेली विओपीले करिव ४ ग्रँम खैरो हिरोइन सहित सिल्डनेफिल ट्याव्लेट ४ थान, लागुऔधष सेवन गर्दा प्रयोग गरिने सिल्भर पेपरमा बरिएको भारतिय सिक्का र नेपाली रुपैैया नोटको सेवन गर्दा प्रयोग सुल्फी बरामद गरेको हो ।

कोरोना कहरमा बन्द रहेको नाका बाट करिव ४ बजे भारतिय मोटरसाइकलमा नेपाल प्रवेश गर्न लागेका २ जना मानिसले सशस्त्र प्रहरीको चेक पोष्ट देखेपछी उनिहरुले मोटरसाइकल छाडेर भागेका सशस्त्र प्रहरी निरिक्षक कमल अधिकारीले जानकारी दिए ।

उनले भने– दुई जना मध्ये एक भारतिय र एक नेपाली मुलको देखिन्थे, डिउटीमा रहेको सशस्त्रलाई देखेर टाडै बाट मोटरसाइकल छाडेर भागेपछी तलासी गर्दा खैरो हिरोइन फेला परेको बताए ।

सशस्त्र प्रहरीले बिआर ३८ यु ३४५५ नम्बरको भारतिय मोटरसाइकल समेत नियन्त्रणमा राखेको छ । रंगेली विओपीले घटना बारे थप अनुसन्धान र कार्वार्हीका लागी इलाका प्रहरी कार्यालय रंगेलीलाई बरामद भएको सामान सहित मोटरसाइकल जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!