हिपमत डटकम

शुक्रबार, जेठ ०७, २०७८ || 630  पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी गरेकी छिन् । ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिको तयारी भएको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेकोमा त्यसैलाई सदर गरिने तयारी शितलनिवासले गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओलीले एमाले संसदीय दलको नेताको हैसियतले र जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरबाट समर्थनको दाबी प्रस्तुत गरेका थिए । तर, दुवै दलका हरेक सांसदको हस्ताक्षर भने प्रस्तुत गरिएको छैन ।

यसअघि जसपाको संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको थियो । यसको उद्देश्य अहिले खुलेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए । तर, जसपाको ढिक्कै आफ्नो समर्थनमा रहेको दाबी ओलीले प्रस्तुत गरिसकेका छन् । एमालेका सांसदहरुमध्ये कतिपयले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भनी प्रतिक्रिया जनाएका छन् । यसले पनि देउवालाई झट्का लागेको छ ।

ढिक्कै एमाले र जसपाको साथ ओलीलाई रहेको पत्रलाई आधार बनाएर राष्ट्रपति भण्डारीले निर्णय लिने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!