हिपमत डटकम

शुक्रबार, जेठ ०७, २०७८ || 959  पटक पढिएको

मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् ।

आज बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उक्त हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!