हिपमत डटकम

शुक्रबार, जेठ ०७, २०७८ || 437  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रस्ताव गरेका छन् । उनले सबै मिलेर कोरोना भाइरसको महामारीविरुद्ध जुध्नका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने भन्दै आफूलाई साथ दिन आग्रह समेत गरे ।

‘मलाई समर्थन गर्नुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं साझा लडाई लडौं,’ प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन आयोजना गर्दै भने,‘साझा प्रयास गरौं, मलाई साथ दिएर हुन्छ कि अरुले विकल्प दिएर हुन्छ कि गरौं ।’

ओलीले देउवालाई आज विहानै फोन गरेर आफूलाई राष्ट्रिय सहमतिको सरकार निर्माणमा समर्थन गर्न आग्रह गरेको खुलाए । उनले भने,‘कि आफूहरु बनाउनुहोस् कि मलाई बनाउन दिनुहोस् भनेँ ।’

दलहरुले सरकार बनाउन सके आफ्नो रचनात्मक साथ हुने बताए । उनले सहयोगी भावनाका साथ सहयोग हुने बताए । उनले पटक पटक सहमतिको सरकार निर्माणमा जोड दिए ।

नेकपा एमालेका माधवकुमार नेपाल समूहको ओलीले निकै आलोचना गरे । उनले आफ्नै पार्टीको सरकारविरुद्ध लाग्ने र विश्वासको मत लिँदा अनुपस्थित भएर आपराधिक चरित्र देखाएको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!