
माेरङकाे रंगेली नगरपालिका २ स्थित मंङ्गलवारेमा बसाेवास गर्दे आईरहेकी १७ बर्षिय दिपशिखा सुवेदी अहिले काेराेना सङ्क्रमण नफैलियाेस भन्दै सेनिटाईजर गर्दे हिडेकि छन । बिराटनगर स्थित शिक्षा दिप कलेजमा अध्यनरत गर्दे आइरहेता पनि उनी समाज सेवामा निकै लागि परेकि छन ।

बिगत बर्ष कोरोना को पहिलो लहर मा उनलेे विराटनगर काे विभिन्न क्षेत्रमा रहेको मन्दिर,मस्जिद, र सामूहिक स्थल तथा जिल्ला प्रहरी कार्यलय , एस.पी कार्यालय काे भवन , डी एस पी कार्यालय , मानव सेवा आश्रम र अन्य सुरक्षा कर्मी हरु काे भवनमा समेत उनलेे आफै सेनिटाइजर उत्पादन गरेर माक्स सहित वितरण समेत गरेकाे सुवेदीले बताईन
उनलेे काेराेना काे दाेस्राे लहर चलिरहदा समेत समाजिक कार्यलाई निरन्तरता दिदै आईरहेकि छन । उनले केही दिन अगाडि रंगेली २ मा समेत आफ्नै निजि लगानीमा मङ्लवारेमा रहेको दुर्गा मंन्दिर र साेहि गाउँमा दुई घरमा काेराेना पाेजेटिव फेला परेपछि उक्त घरमा समेत उनलेे आफ्नै खर्चमा साे घरमा सेनिटाइजर समेत गरेकि थिईन । उनले भनिन् “साध्य रूपी माधव सम्म पुग्ने एक मात्र साधन मानव सेवा” हो भन्ने कुरा लाई हृदायगंम गर्दै जाने र आगामी दिन मा पनि परमात्मा को कृपा रहे सम्म यसै गरी आफ्नो स्थान समाज सेवा मा लागि रहने सुवेदीले बताईन ।